
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनवार्ता भएको छ । नेपालको संघीय संसद्को प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले मंगलबार राति देउवासँग फोनवार्ता गरेका हुन् ।
उक्त फोनवार्ताका क्रममा युक्रेनमाथि रुसको आक्रमणलाई सँगै विरोध गर्नुको साथै आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा मिलेर अघि बढ्ने प्रतिबद्धता गरिएको छ । ब्लिन्केनले एउटा ट्वीटमार्फत् त्यसबारे जानकारी गराएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij