Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

कमल थापाको पार्टीको बिपक्षमा छोरी र भतिजा

कमल थापाको पार्टीको बिपक्षमा छोरी र भतिजा

  • काठमाडौं/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नामक पार्टीको अध्यक्षको जिम्मेवारी सम्हालेका कमल थापालाई पारिवारिक सदस्यले नै अहिलेसम्म औपचारिक रूपमा साथ दिएका छैनन् ।

    images
    images
    images

    गत १५–१७ मंसिरमा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङदेनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट थापाले माघ  २५ गते पार्टी परित्याग गरे । फागुन १ गते हेटौंडामा पत्रकाार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्ने तयारीमा रहेको वताए भने फागुन ७ गते राप्रपा नेपाल पार्टीको घोषणा गरे । थापाले राप्रपा परित्याग गरेर यति समयसम्म आउँदा पनि नयाँ पार्टीका लागि पारिवारिक सदस्यका छोरी र भतिजाले नै साथ नदिएका हुन् ।

    images

    गत महाधिवेशनवाट केन्द्रीय सदस्य निर्वाचित छोरी प्रतिष्ठा रायमाझी थापा र भतिजा अभिषेक थापाले लिङ्देन नेतृत्वको राप्रपाबाट अझै राजीनामा दिएका छैनन्, राजिनामा नदिएका कारण छोरी र भतिजा अझै पनि लिङ्देन नेतृत्वको राप्रपाका केन्द्रीय सदस्यको जिम्मेवारीमा कायमै छन् ।

    ठूलो बुबा (कमल थापा) ले नयाँ पार्टीका जिम्मेवारी लिए पनि आफूहरुले औपचारिक रूपमा राप्रपा नछोडेको अभिषेक थापाले बताए । उनले भने,‘राप्रपामा हाम्रो माग सम्बोधन गराउनका लागि अझै दबाब दिने र आफ्ना धारणा राख्ने भन्नेमा नै छौं, ।’

    भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा सम्भव भएसम्म उपस्थित हुने र आफनो धारणा राख्नेबारेमा गृहकार्य गरिरहेको उनले बताए । यसैगरी, थापाको प्यानलवाट विजयी भएका उपाध्यक्ष बुद्धीमान तामाङ, रोशन कार्की, धु्रबहादुर प्रधान, महामन्त्रीद्वय कुन्ती शाही र भुवन पाठकलगायतले  थापालाई नैतिक समर्थन जनाए पनि राप्रपा भने अझै परित्याग गरिसकेका छैनन् । 

    यसबारेमा थापाले शीर्ष नेतृत्वसँग आजै अनौपचारिक कुराकानी गर्ने बुझिएको छ । महाधिवेशनमा पराजित भएका थापाले गत २५ माघ गते लिङ्देन नेतृत्वको पार्टी परित्याग गरी राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी सम्हालिसका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij