Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

एमसीसी पारितपछि कांग्रेसको पत्रकार भेला

एमसीसी पारितपछि कांग्रेसको पत्रकार भेला

  • काठमाडौं/ सत्तासीन दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आइतबार संसदबाट अमेरिकी आर्थिक सहयोग एमसीसी पास भए पछि कांग्रेसले आज सोमबार पत्रकार सम्मेलन गर्न लागेको हो ।

    images
    images
    images

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले समसामयिक राजनीतिक विषयसँगै एमसीसी पास भएपछि अवस्थाबारे जानकारी गराउने केन्द्रीय कार्यालय स्रोतले जानकारी दियो । पत्रकार सम्मेलन आज दिउँसो तीन बजे हुन लागेको हो । प्रवक्ता महतले यस अघिदेखि निरन्तर एमसीसी नेपालको हितमा रहेको भन्दै सत्तारुढ दलबीच सहमति जुटाएर एमसीसी पास गर्ने बताउँदै आएका थिए ।

    images

    आइतबार विवाद उठेका विषयमा सरकारल १२ बुँदामा व्याख्यात्मक घोषणा गरेपछि प्रतिनिधिसभाबाट ५५ अर्ब रुपैयाँको आर्थिक अनुदानसम्बन्धि सम्झौता बहुमतले अनुमोदन भएको थियो । अन्य दल एमसीसीको विपक्षमा रहे पनि कांग्रेसले पक्षमा पार्टीबाट सर्वसम्मत निर्णय गरेर सत्तारुढ अरु पार्टीलाई पनि मनाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij