Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

पशुपति क्षेत्रमा मदिरा तथा नशालु पदार्थ निषेध

पशुपति क्षेत्रमा मदिरा तथा नशालु पदार्थ निषेध

  • काठमाडौँ। पशुपति क्षेत्रमा मदिरा तथा नशालु पदार्थ प्रयोगमा निषेध लगाइएको छ । फागुन १७ गते पर्ने महाशिवरात्रीलाई मध्यनजर गर्दै मेलापर्व अवधि र अन्य समयमा पनि मदिरा बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न नपाउने भएको हो । 

    images
    images
    images

    काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपतिक्षेत्र को पूर्व सीमानादेखि पश्चिम, गौशला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गोरीघट हुँदै बागमतिदेखि दक्षिण क्षेत्रमा यस्ता गतिविधि नगर्ने निर्देशन दिएको छ । उक्त सूचना विपरित तोकिएको क्षेत्रमा कसैले कार्य गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारबाही हुने बताइएको छ । 

    images

    शिवरात्री मेलाका लागि पशुपति क्षेत्र विकास कोषले तिब्र रुपमा तयारी गरिरहेको छ । कोषले भित्ताहरुमा देविदेवताका आकर्षक चित्रहरु पनि बनाएको छ ।

    274775996_494750975707474_6432427624299965465_n.jpg

    पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा सरसफाइलगायत सजावटको काम सुरु भएको छ। भित्ताहरूमा शिव भगवानका विभिन्न चित्रकला बनाइएका छन् भने परिसरभित्रका विभिन्न संरचनाहरूमा रंग लगाउने काम भइरहेको छ। 

    images

     

    274720704_3117596198518973_3646544963616002556_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij