
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज । ९ गते सोमबार रातको समय । जहाजभित्र अनाधिकृत व्यक्ति । काठमाडौंबाट दोहा उड्ने तयारीमा रहेको एयरबस ३३० जहाजभित्र अनाधिकृत व्यक्ति फेला परेको हो । यो घटनाले त्रिभुवन विमानस्थलमा हंगामा भयो ।
उक्त घटनाको सम्बन्धमा वायुसेवा निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनालाई निगमले गम्भीरतापूर्वक लिएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा व्यवस्थापनमा खटिएका निगमका सुरक्षा कमाण्डरलाई तत्कालै निलम्बन गरी अनुसन्धानलाई अगाडि बढाइएको नेपाल वायुसेवा निगमको जारी विज्ञप्तिमा छ ।
निगमका प्रवक्ता अर्चना खड्काका अनुसार घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरी उच्चस्तरीय छानबिन उपसमिति गठन गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij