
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । एमसीसीको राजनीतिक घटनाक्रमका विषयमा सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आन्तरिक छलफल सकिएको छ । उक्त बैठक प्रचण्ड निवास खुमलटारमा बसेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस भएको निजी सचिवालयले बताएका छन् ।
बैठकमा केन्द्रीय कार्यालयका साथै पूर्वस्थायी समिति सदस्य तथा मन्त्रीहरूको पनि उपस्थिति थियो । बैठकले एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन् ।
बैठकमा माओवादी नेताहरूले एमसीसी पास वा फेल जे भए पनि गठबन्धन भने नटुटाउने विषयमा आ-आफ्नो धारणा राखेका थिए । बैठकले यथास्थितिमा एमसीसी पारित नगर्ने निणर्य गरेको छ। संशोधन नगरी एमसीसी पारित गर्न नसकिने दाहालले जानकारी दिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij