
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं / संसदमा भएको गतिरोध अन्त्य गर्न तथा एमसीसीको विषयमा सहमति जुटाउनका लागि सत्तापक्ष नेपाली कांग्रेस र प्रतिपक्ष नेकपा एमालेका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु समेत सहभागी छन् । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको बेला प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij