Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

सडक र बिजुली लाइन बन्दा राष्ट्रघात हुँदैन - काँग्रेस प्रबक्ता

सडक र बिजुली लाइन बन्दा राष्ट्रघात हुँदैन - काँग्रेस प्रबक्ता

  • काठमाडौँ/ नेपाली काँग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले सडक र बिजुली लाइन बन्दा राष्ट्रघात नहुने जनाएका छन् ।  डा. महतले अमेरिकी सहायता परियोजना एमसीसीबारे जनतामा धेरै भ्रम छरिएको जिकीर गर्दै भने, ‘‘एमसीसीबारे गलत कुरा स्थापित हुँदै जाँदा समस्या भएको छ । एमसीसीको बिषय अहिले संसदमा गइसकेको छ। हामीले अब तत्कालै जनतामा सत्य तथ्य राख्नुपर्छ। दुविधा हुने कुनै काम राख्नु हुन्न। अब हामीले दूधको दूध पानीको पानी जनतामा राख्नुपर्छ। ’’ डा. महतले एमसीसीबारे सेकेन्ड सेकेन्डमा असत्य कुरा गइरहेको दाबी गरे । 

    images
    images
    images

    उनले विस्तारै एमसीसीबारे झुटको पर्दा विस्तारै झर्दै गएको पनि बताएका छन्। ‘‘एमसीसीबारेमा झुटको पर्दा झर्दैछ, विस्तारै जनताले बुझ्दैछन्। झुटो कुरा पनि सत्य भएर प्रेषित हुने रहेछ ।’’ उनले भने, ‘‘सत्य अन्तत सत्य नै हुन्छ, जनतामा सत्य सावित गरेरै देखाउँछौ।’’ उनले नेपाल जस्तै विकासशील देशको माग अनुसार मिलेनियम च्यालेन्ज कर्पोरेशन अमेरिकी कांग्रेसले स्थापित गरेको बताए। 

    images

    ‘‘हाम्रो जस्तो विकासशील अल्पविकसित देशहरुकै माग अनुसार एमसीसी स्थापित भएको होु, उनले भने, ‘‘हामीलाई पूर्वाधार र आर्थिक उत्थानको क्षेत्रमा सहयोग चाहियो भनेर मागेका हौँ। माओवादी नेता डा. बाबुराम भट्टराई नेतृत्वको सरकार रहेका बेला नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री हुँदा यो प्रक्रिया अघि बढेको हो।’’

    उनले त्यसपछि सरकारको नेतृत्वमा आएका सबै दलका प्रधानमन्त्रीहरुले यसलाई अघि बढाएको पनि उनले बताए। ‘‘अहिले विरोधमा उत्रिएका सबै नेताहरु सरकारमा हुँदा यसलाई अघि बढाइएको हो ।’’, उनले भने,‘‘बाबुराम, प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, खिलराज रेग्मी समेतले यो अघि बढाएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा संसदमा लगिएको हो।’’

    काठमाडौँमा आज पत्रकार सम्मेलन गर्दै महतले एमसीसीमा कांग्रेसले आफ्नो फाइदा बेफाइदा नहेरेको पनि बताए। ‘‘कांग्रेस सधैँ सत्यको पक्षमा उभिन्छ। कांग्रेस सत्तामा आएपछि यसलाई संसदमा लगेर पारित गर्न अग्रसरता लिएको हो ।’’, उनले भने, ‘‘एमसीसी पास गर्नुपर्छ भनेर असोज १३ गते प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले चिठी पनि पठाएको हो। अब हामी अमेरिकाले दिएको समयअनुसार फागुन १६ भित्र संसदबाट पास गराउँछौँ।’’

    पाँच वर्षभित्र सम्पन्न गर्ने परियोजना पाँच वर्षसम्म अनिर्णित भएर बसेको बताउँदै महतले अब रोक्न नसकिने भएकाले अघि बढाइएको बताए। ‘‘अन्तर्राष्ट्रिय समुदायमा पनि हामीमाथि प्रश्न उठेकाले नरोकिने भनेका हौँ ।’’, उनले भने,‘‘सत्ता साझेदार दलहरुले बाध्यताले विरोध गरेका छौँ भनेका छन्। ढिलै भए पनि गठबन्धन दलहरुले टेबुल गर्न सहमति जनाए। अब १२ गते छलफल अघि बढाएर यसलाई निर्णयार्थ पेश गरेर पास गर्छौँ।’’

    महतले सबै दलहरु यो परियोजना अघि बढाउन सहमत भएको पनि बताए।‘‘सबै दलहरु यसलाई अघि बढाउन तयार थिए,’’ उनले भने,‘‘यो पास हुनुपर्छ। यो अनुदान सहयोग हो। नेपालले नै विद्युत् प्रसारण लाइन र सडकमा खर्च गर्ने भनेर हामीले नै तोकेको हो। सडक र विद्युत् बन्दा राष्ट्रघात हुने कुरा हुँदैन। यस्तो सुन्दा अचम्म लागेको छ।’’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij