
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सासंद गगन थापाले एमसीसीको विरोध गर्ने हो भने सुरूमा भिम रावलले केपी राष्ट्रघाती हो भन्नुपर्ने बताएका छन् ।
उनले एमसिसीलाई तत्कालिन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली केपी शर्मा नेतृत्वको सरकारले संसदमा ल्याएको भन्दै उनले एमसिसीको विरोध गर्ने हो भने सुरूमा केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालविरूद्ध नाराबाजी गर्नुपर्ने बताएका हुन् ।
उनले भने,‘यदी एमसीसी टेवल गर्ने प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने सबैभन्दा पहिले भिमरावलले केपी शर्मा ओली राष्ट्रघाती हो भनेर नारा लगाउनु पर्छ । माओवादीका सांसद्ले पुष्पकमल दाहाल मुर्दावाद भनेर नारा लगाउनु पर्छ । र माधव नेपाल मुर्दावाद भनेर एकिकृत समाजवादीका सांसद्ले नारा लगाउनु पर्छ । त्यसपछि मात्र यसका बारेमा उहाँहरुले कुरा राख्नुर्छ ।’
उनले आजको छलफमा नेकपा एमाले, मजदुर किसान पार्टी, जनमोर्चा सबैले भाग लिएको बताउँदै १२ गतेपछि यसमा सामान्य छलफल हुने जानकारी दिएका छन् । छलफलपछि मतदानमा गएर सबै सांसद्ले डबल रोल छाडी पक्ष या विपक्षमा उभिनुपर्ने उनको भनाइ रहेको छ ।
परिमार्जन गर्ने कुरामा छलफल गर्न कांग्रेस तयार भएको बताउँदै उनले एमाले, माओवादीलगायतका दललाई एमसीसीको पक्षमा मतदान गर्न समेत उनले गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij