
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडाै । आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बैठकमा उपस्थित थिएनन् । सुरुमा खनाल र श्रेष्ठ आउँदै छन् भनिए पनि दुवै नेतालाई नबोलाएको पाइएको हो ।
एमसीसी संसदमा टेबुल गर्ने सहमतिप्रति खनालले विदेशी शक्तिको दबाबमा एमसीसी संसदबाट अनुमोदन गर्ने प्रयास भएको आरोपसमेत लगाए । त्यस्तै, माओवादी केन्द्रका नेता श्रेष्ठले पनि बैठकबारे आफूलाई कुनै जानकारी नदिएको उल्लेख गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij