
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई संसदमा टेवुल गर्ने सहमति गरे पनि एमसीसीका पक्षमा मतदान गर्ने कुरामा सहमति भएका छैन्। अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा मतदान गर्ने कुरामा अझै सहमति हुनसकेका छैन् ।
सरकारका प्रवत्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसदमा आजै टेवल गर्ने जानकारी दिए तर मतदानमा सहमति भयो की भएन भन्ने प्रश्नमा उनी बोल्न चाहेनन्।‘आज (आइतबार) एमसीसी परियोजना सम्झौता संसदमा टेवुल हुन्छ। त्यसपछि सडकमा होइन संसदमा गहन रुपले छलफल भएर एउटा निस्कर्षमा पुग्ने कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु,’ मन्त्री कार्कीले भने।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij