Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

राष्ट्रिय आकाँक्षा पूरा गर्नुपर्ने : अध्यक्ष ओली

राष्ट्रिय आकाँक्षा पूरा गर्नुपर्ने : अध्यक्ष ओली

  • काठमाण्डौं/ नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाँक्षा पूरा गर्ने अभियानमा एकजुट हुनुपर्ने बताएका छन् । बहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पूरा गर्ने पार्टीको अभियानलाई सबैको साथ र सहयोगबाट अगाडि बढाउनुपर्ने बताएका हुन् ।

    images
    images
    images

    अध्यक्ष ओलीले आफू सरकारमा रहँदा प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र जनताको चाहनालाई सफलताको दिशामा अभिमुख गराउन आर्थिक र समाजिक न्यायसहित परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्दै मुलुकलाई अघि बढाएको उल्लेख गरेका छन् ।

    images

    “एमालेले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्ने आफ्ना हरेक क्षण, सम्भावना र सामर्थ्य सदुपयोग गरेका थियौँ,” उनले सन्देशमा भनेका छन् । जन्मसिद्ध श्रेष्ठताको शासनप्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित भएको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो अमूल्य जीवनलाई बलिदान दिने अमर शहीदप्रति अध्यक्ष ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij