Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

नेताहरुले दिनहुँ बोली फेरिराख्दा विदेशी सलबलाउन थाले –उपसभापति गुरुङ

नेताहरुले दिनहुँ बोली फेरिराख्दा विदेशी सलबलाउन थाले –उपसभापति गुरुङ

  • काठमाण्डौं/ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्नु पर्ने वताएका छन् । आज काठमाण्डौंमा पत्रकारहरुसंग कुराकानी गर्दै उपसभापति गुरुङले भने, ‘एमसीसीलाई विभिन्न दलहरुले फरकफरक कोणबाट हेर्दा समस्या आएको हो ।’ ‘एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ ।’ उपसभापति गुरुङले भने । देशको आन्तरिक मामला भएकाले के ठीक के बेठिक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ । उपसभापति गुरुङले भने, “हाम्रै कारणले वैदेशिक शक्ति एमसीसीका बारेमा बोल्न थालेका हुन् की भन्ने मलाई लाग्छ ।” नेताहरुले दिनहुँ बोली फेरिराख्ने गर्दा विदेशी निकाय सलबलाउन थालेको उनको आरोप थियो ।

    images
    images
    images

    उपसभापति गुरुङले न्यायलय ठीक ढङ्गबाट सञ्चालन हुनुपथ्र्यो । न्यायलयका प्रमुख प्रधानन्यायधीशले न्यायलय चलाउन नसकेपछि मार्गप्रशस्त गर्नुपथ्र्यो तर समस्यालाई हेरेर बस्नु हुँदैनथ्यो भने । एक फरक प्रसङ्गमा उन्ले संसद् सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। संसद् प्रतिपक्षको भए पनि विरोधका कारण बन्धक बनाउन नहुनेमा जोड दिँदै उपसभापति गुरुङले संसदमा सरकारका काम कारवाहीका विषयमा बहस हुनुपर्ने र कानून बनाइनुपर्नेमा बन्दक बनाउनु गलत भएको बताए।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij