
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन अप्राकृतिक ढंगले जोडिएको जनाउँदै यो टुट्नु अनिवार्य रहेको बताएको छन् ।
भट्टराईले गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धारा अनुसार एमालेको भुमिका निर्धारण र निर्वाह हुने बताएका हुन् ।
उनले भने ‘अहिले सरकार एमालेको प्राथमिकता होइन । एमालेको प्राथमिकता चुनाव हो । वैशाख ३० गतेको चुनाव र आउने संघ र प्रदेशको चुनाव एमालेको प्राथमिकता हो । एमालेको प्राथमिकता सत्ता गठबन्धन होइन, प्रधानमन्त्री, मन्त्री होइन । यो गठबन्धन जे उद्देश्यले बनेको थियो, यसको जग बलियो थिएन ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij