
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । नियमित बैठक भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ ।
एमसीसीमा सहमति खोज्न आज बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमन्त्री देउवाले एकघण्टा छलफल गरेका थिए । सरकारले भोलि एमसीसी संसदमा जसरी पनि टेबल गर्ने अडानबीच यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । एमसीसीमा सत्ता गठबन्धनमै मत बाझिएपछि हिजो संसदमा एमसीसी टेबल हुन सकेन । माओवादी केन्द्रले एमसीसी टेबल गरिए सरकार छाड्ने चेतावनी दिँदै आएको छ । माओवादी र एकीकृत समाजवादी अहिले एमसीसीको विरोधमा सडकमा प्रदर्शन गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij