
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडाैँ । सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो ।
बुधबारनै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो ।
माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोडिने चेतावनी दिएको छ । हिजो एमसीसीको विरोधमा आफ्ना भ्रातृ संगठनहरुलाई नयाँबानेश्वर क्षेत्रमा सडकमा उतारेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको थियो ।
नेकपा एकीकृत समाजवादी पनि एमसीसीको पक्षमा छैन भने गठबन्धनकै दल राष्ट्रिय जनमोर्चा यसअघि नै एमसीसीको विपक्षमा आन्दोलित भइसकेको छ भने जसपापनि एमसीसीबारे विभाजित छ ।
आजको बैठकमा सहमति जुटाएर शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij