Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

संसदीय दलको बैठक सकेर प्रचण्ड पुगे बालुवाटारमा

संसदीय दलको बैठक सकेर प्रचण्ड पुगे बालुवाटारमा

  • काठमाण्डौं/ नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सकिए लगातै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका छन् । अध्यक्ष दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका हुन् । सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् ।
    माओवादीले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ । बैठकका ३ वटा निर्णयबारे जानकारी दिँदै माओवादी नेता दीनानाथ शर्माले भने, ‘एक, संशोधन बिना एमसीसी पास हुन सक्दैन । राष्ट्रिय हित विपरीतका बुँदाहरु संशोधन हुनैपर्छ । दुई, राष्ट्रिय सहमति र गठबन्धनबीच सहमति हुनैपर्छ । र तीन, पहिले संसद खुल्नुपर्छ, संसद नखुली एमसीसी टेबल गर्न मिल्दैन ।’

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij