Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

एमसीसीका लागि राष्ट्रिय सहमति कुर्दै माओवादी

एमसीसीका लागि राष्ट्रिय सहमति कुर्दै माओवादी

  • काठमाण्डौं / नेकपा माओवादी केन्द्रले संसदमा एमसीसी अगाडि बढाउनका लागि राष्ट्रिय सहमतिको खोजी गरेको छ। एमसीसीका बारेमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच हालसम्म पनि फरकफरक बुझाइ रहेको अवस्थामा माओवादीले राष्ट्रिय सहमति खोजेको हो । माओवादीले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ ।
    बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ । 
    बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको बताए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij