Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

बन्दमा शंकास्पद वस्तु फेला

बन्दमा शंकास्पद वस्तु फेला

  • काठमाडाैँ । एमसीसीको विरोध गर्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी लगायतका ६ दलले आज बन्द आह्वान गरेको हाे । नेपाल बन्दको क्रममा कैलालीमा शंकास्पद वस्तु फेला परेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ३ स्थित पूर्वपश्चिम राजमार्गको धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको छ ।

    images

    फेला परेको उक्त वस्तु बम भएको आशंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली गइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच आह्वान गरेको बन्दको प्रभाव कैलालीसहित सुदूरपश्चिमका मुख्य शहर क्षेत्रमा परेको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij