
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाण्डौं/ संघीय संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल भएको छ। सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावबारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार बिहान छलफल भएको हो।
भेटमा प्रधानन्यायाधीशविरुद्धको महाअधियोग प्रस्तावबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए। भेटमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० बारे भने छलफल नभएको उनले बताए।
‘तीन शीर्ष नेताबीच भएको भेटवार्ता प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल भएको थियो।तर, एमसीसीको बारेमा छलफल नभएको अध्यक्ष प्रचण्डले बताएका थिए,’ प्रेस संयोजक किरणले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij