
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले (एमसीसी) चीनविरुद्ध नभएको जिकिर गरेका छन् । आज बसेको काँग्रेस संसदीय दलको बैठकमा नेता महतले आफ्नो धारणराख्ने क्रममा यस्तो बताएका हुन् ।
नयाँबानेश्वरस्थित संसदमा भवनमा मंगलबार बसेको संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमसीसी चीनविरुद्ध नरहेको बताएका हुन् । ‘एमसीसी चीनविरुद्ध रहेको हल्ला फिँजाइएको छ,’ उनले भने, ‘यो चीनविरुद्ध छैन ।’
चीनको बीआरआईविरुद्ध र इन्डोप्यासिफिक रणनीतिअनुसार पनि एमसीसी नरहेको भन्दै नेता महतले एमसीसी नेपालकै हितमा रहेकाले यसलाई पारित गर्नुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij