
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौँ । धोबिचौरस्थित सडकबाट एक थान धातुको मुर्तिसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा बस्ने किशोर रहेका छन् । पक्राउ परेका किशोरको साथबाट प्रहरीले नगद १ लाख ४ हजार ७ सय ४० रुपैयाँ बरामद गरेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त मूर्ति र नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij