Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अर्थतन्त्रका परिसूचक सकारात्मक

अर्थतन्त्रका परिसूचक सकारात्मक

  • काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा अर्थतन्त्र परिसूचक सकारात्मक देखिएका छन् । विप्रेषण आप्रवाह, आयात निर्यातको असमानता घट्दा व्यापार घाटामा कमी र विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ ।

    images
    images
    images

    नेपाल राष्ट्र बैङ्कले जारी गरेको आर्थिक वर्ष ०७७र७८ को पहिलो चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा तीन खर्ब ३७ अर्ब ७२ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । मुलुकमा कोरोना कहरयता उच्च सुधारमा रहेको विप्रेषण आप्रवाह चार महिनामा ११।२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २।८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६।४ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १।९ प्रतिशतले घटेको थियो ।

    विदेशी मुद्रा सञ्चिति वृद्धि

    चालू आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी मुद्रा सञ्चिति ७।४ प्रतिशतले वृद्धि भएको छ । ०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तमा १५ खर्ब छ अर्ब छ करोड रुपियाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३।२ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । यो विदेशी विनिमय सञ्चितिले १५।४ महिनाको वस्तु आयात र १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैङ्कले जनाएको छ ।

    घट्यो व्यापार घाटा

    व्यापार घाटा १२।५ प्रतिशतले घटेको छ । यस अवधिमा व्यापार घाटा तीन खर्ब ६२ अर्ब २९ करोड रुपियाँ कायम भएको नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको पहिलो चार महिनाको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८।९ प्रतिशतले ह्रास आएको थियो ।

    समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८।१ प्रतिशत थियो । समीक्षा अवधिमा निर्यात १०।८ प्रतिशतले बढेको छ । यो अवधिमा ४० अर्ब २० करोड रुपियाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३।९ प्रतिशतले वृद्धि भएको थियो ।

    चार महिनामा अलैँची, जुटका सामान, धागो ९पोलिस्टर तथा अन्य०, चाउचाउ, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको छ । कुल निर्यातमध्ये भारतमा हुने निर्यात १४।९ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ५९।२ घटेको छ ।

    आयातमा कमी

    समीक्षा अवधिमा आयात १०।६ प्रतिशतले घटेको छ । यस अवधिमा चार खर्ब दुई अर्ब ४९ करोड रुपियाँको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६।९ प्रतिशतले घटेको थियो । भारतबाट हुने आयात ३।१ प्रतिशतले घटेको छ भने चीनबाट हुने आयात २५ प्रतिशतले घटेको छ । तेस्रो मुलुकबाट हुने आयात पनि १९।८ प्रतिशतले घटेको छ ।

    वस्तुगत आधारमा हेर्दा पेट्रोलियम पदार्थ, हवाई जहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात भने घटेको छ । चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खानेतेल, उपचारका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको देखिन्छ । 

    गोरखापत्र दैनिकमा समाचार छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij