Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

२१६ मा सङ्क्रमित थपिए २ जनाको मृत्यु

२१६ मा सङ्क्रमित थपिए २ जनाको मृत्यु

  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

    images
    images
    images

    पछिल्लो २४ घण्टामा सात हजार ६३१ जनाको नमूना परीक्षण गरिएको थियो । २०९ जना कोरोना भाइरस सङ्क्रमबाट निको भएका छन् । अहिले सम्ममा निको हुनेको सङ्ख्या आठ लाख १२ हजार ४१९ पुगेको छ ।    

    नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख ८७ हजार २०६ पुगेको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४८ लाख ७० हजार ३२४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ६१९ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९६ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij