Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

चीनमा फेला पर्‍यो साढे ६ करोड पुरानो डायनोसरको भ्रुण

चीनमा फेला पर्‍यो साढे ६ करोड पुरानो डायनोसरको भ्रुण

  • काठमाडाैँ । वैज्ञानिकहरुले पूर्ण रुपमा संरक्षण गरिएको अन्डाबाट कोरल्न तयार पारिएको डायनोसरको भ्रुण फेला पारेका छन् ।  भ्रुण ६ करोड ६० लाख वर्षअघिको हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ । सो भ्रुण दाँतविहीन थेरोपोड डायनोसरको भएको विश्वास गरिएको छ र त्यसलाई बेबी यिङलियाङ नाम दिइएको छ । 

    images
    images
    images

    अनुसन्धानकर्ता डा. फिओन वाइसुम माले भने, ‘इतिहासमा नै अहिलेसम्मकै डायनोसरको राम्रो भ्रुण पत्ता लागेको छ । ’ पछिल्लो आविष्कारले अनुसन्धानकर्ताहरुलाई डायनोसर र आधुनिक चराहरुबीचको सम्बन्धको बृहत ज्ञान प्रदान गरेको छ । सो भ्रुण घुमाउरो अवस्थामा देखिएको जिवाश्मले देखाएको छ । चराहरुले अन्डा कोरल्नुअघि यस्तै घुमाउरो आकारा देखिन्छ । 

    ‘आधुनिक चराहरुमा पनि यस्तै स्वभाव देखिन्छ । उनीहरु डायनोसरको पुस्ताबाट उत्पत्ति भएको पुष्टि हुन्छ,’ डा. माले भने ।  बेबी यिङलियाङ नाम दिइएको सो जीवाश्मको टाउकोदेखि पुच्छरसम्मको लम्बाई १० दशमलब ६ इन्च छ । जिवाश्म हाल चीनको यिङलियाङ स्टोन नेचर हिस्टोरी म्युजियमा ६ दशमबल ७ इन्च लामो अन्डाभित्र छ । 

    सो अन्डालाई सबैभन्दा पहिले सन् २००० मा फेला पारिएको थियो । अन्डालाई १० वर्षसम्म भन्डारण गरेर राखिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij