Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

मलेसियामा बाढीका कारण १४ को मृत्यु, ७० हजार विस्थापित

मलेसियामा बाढीका कारण १४ को मृत्यु, ७० हजार विस्थापित

  • काठमाडाैँ । मलेसियामा आएको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । ७० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । 

    images
    images
    images

    अत्यधिक वर्षाका कारण बाढी आएर धनजनको क्षति, सडक, विद्युत, सञ्चारलगायतका सेवा अवरुद्ध भएकाे अधिकारीहरूले जानकारी दिएका छन् । 

    बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यस बाहेक करिब सात ओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ ।

    उद्धारकर्ता, सहयोगदाता तथा सरकारी अधिकारीहरुले विस्थापितहरुलाई सहयोग प्रदान गरेका छन् । मलेसियाको सैन्य टोली तथा उद्धारकर्ताहरुले बाढी पीडित, डुवानमा परेका तथा विस्थापितहरूलाई डुङ्गाबाट मङ्ग खाद्य पदार्थ वितरण गरेका थिए ।

    जताजतै बाढी भएकाले कतिपय व्यक्तिहरू थुनिएको वा डुवानमा परेको ठाउँबाट पौडिदै ज्यान जोगाउन र सुरक्षित स्थानमा पुग्न सफल भएका छन् ।

    अरु लाखौँ नागरिक प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij