
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडाैँ । पृथ्वीमा अनौठा तथा दुर्लभ जीवहरु बारेमा आम मानिसलाई थाहा हुँदैन । कतिपय जीवहरु वैज्ञानिकहरुले बल्ल पत्ता लगाउँदै छन् । अष्ट्रेलियाका जीव वैज्ञानिकहरुले संसारको पहिलो तथा दुर्लभ मिलिपेड्स नामक किरा पत्ता लगाएका छन् । १३०६ वटा खुट्टा भएको मिलिपेड्स पत्ता लगाएका हुन् । उक्त जीवको वैज्ञानिक नाम इयुमिलिप्स पर्सेफोन हो । सो जीव जमीनमुनि निकै गहिराइमा बस्दछ ।
यो जीव हल्का पहेँलो रङको छ भने यो जीवकाे आँखा छैनन् । यो जीवको सरीरको चौडाइको तुलनामा लम्बाई १ सय गुणा धेरै छ । यसको टाउको आइसक्रिम कोन जस्तै छ जसमा धेरै एन्टेना रहेका छन् । ती एन्टेनाले नै त्यसलाई अँध्यारोमा हिड्न सहयोग गर्दछन् । यो मिलिपेड्सले ढुसी खाने गर्दछ ।
वैज्ञानिकहरुले सुक्ष्मदर्शक यन्त्रको सहयोगमा खुट्टाको गणना गरेका थिए । वास्तवमा त्यसरी खुट्टा गन्ती गर्नु सजिलो थिएन किनकी यो जीव बाह्य चिजले छुँदा तत्कालै आफ्नो सरीरलाई गोलो बनाएर बेर्दछ ।
यो जीवको औषत आयू ५ देखि १० वर्षसम्म हुने बताइएको छ । जमिनभन्दा २ सय फिट तल बस्ने यो जीवलाई सतहमा देख्न मुस्किल हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij