Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

३५ वर्षीय बोरिस राष्ट्रपतिमा निर्वाचित 

३५ वर्षीय बोरिस राष्ट्रपतिमा निर्वाचित 

  • चिलीमा विपक्षी पार्टीका नेता ग्याब्रियल बोरिस राष्ट्रपतिमा निर्वाचित भएका छन् । दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरि ३५ वर्षीय बोरिस विजयी भएका हुन् । 

    images
    images
    images

    अधिकांश मतगणना हुँदा बोरिसले ५६ प्रतिशत मत प्राप्त गरेका छन् । कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका छन् । मतदान सम्पन्न भएको डेढ घन्टामै कास्टले आफ्नो पराजय स्वीकारेका थिए । निर्वाचनको औपचारिक घोषणा हुन भने बाँकी छ । 

    ३५ वर्षीय बोरिस चिलीको इतिहासमा नै अहिलेसम्मका कान्छा राष्ट्रपति हुनेछ । त्यस्तै, उनी विश्वमै कान्छो नेतामध्ये एक हुनेछन् ।  

    देशव्यापी रुपमा सरकारविरोधी प्रदर्शन भइरहेको पृष्ठभूमिमा राष्ट्रपति निर्वाचन सम्पन्न भएको थियो । पूर्वविद्यार्थी नेता बोरिसले असमानताविरुद्ध सरकारविरोधी आमप्रदर्शन र सन् २०१९ तथा सन् २०२० भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन जनाएका थिए । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij