
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सिंगल राउण्ड रोबिनको आधारमा जारी यु–१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दैछ । शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो ।
नेपालले भारतविरुद्ध बराबरी नतिजा निकाले पनि फाइनल पुग्नेछ । आइताबार नै बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन् । यस खेलबाट अर्को फाइनल पुग्ने टोलीको छिनोफानो हुनेछ । प्रतियोगितामा ३ खेलबाट नेपाल र बंगलोदशको समान ७ अंक रहेको छ । यता, भारतको भने ६ अंक छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij