Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

इल्चेविरुद्ध बार्सिलोनाको रोमाञ्चक जित

इल्चेविरुद्ध बार्सिलोनाको रोमाञ्चक जित

  • काठामाडाैँ । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रोमाञ्चक जित निकालेको छ । बार्सिलोनाले इल्चेलाई ३–२ ले पराजित गरेको हो । पछिलाे पाँच खेलमा बार्सिलोनाको यो पहिलो जित हो । 

    images
    images
    images

    खेलको १६औँ मिनेटमा औसमाने डेम्वेलेको पासमा फेरान जुट्ग्लाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । १९औं मिनेटमा पाब्लो गाभिराले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

    दोस्रो हाफमा इल्चेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६२औँ मिनेटमा टेटे मोरेन्टेको गोलबाट खेलमा फर्किएको इल्चेका लागि ६३औँ मिनेटमा पेरे मिल्लाले बराबरी गोल फर्काएका थिए । खेल सकिन ५ मिनेट बाँकी रहँदा निको गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाए । 

    यो जितसँगै बार्सिलोना १७ खेलबाट २७ अंक जोडेर सातौ स्थानमा रहेको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग १५ अंकले पछि छ । पराजित इल्चे १५ अंक जोडेर १६औँ स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij