
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडाैँ । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानका लागि सन् २०२१ निकै समस्याग्रस्त रह्यो । एनसीबीले आर्यनलाई क्रुजमा भएको ड्रग्स पार्टीमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको थियो । आर्यन पक्राउ परेको २८ दिनपछि जमानतमा रिहा भइसकेका छन् ।
जेलबाट रिहा भए पनि आर्यनको तनाव घटेको छैन । शाहरुख र उनकी श्रीमति गौरी खानले आर्यनको जीवनबाट सबै तनावलाई हटाउनका लागि विशेष योजना बनाएका छन् । शाहरुख र गौरीले मुम्बईमै बसेर आर्यनलाई फिल्म मेकिङ सिकाउने योजना बनाएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij