
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । पहिलो खेलमा प्रदेश– १ र कर्णाली प्रदेश, दाेस्राे खेलमा बाग्मती र लुम्बिनी प्रदेश भिड्नेछन् ।
महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस ११ गते सम्म चल्ने छ । ७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी हुने प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, वाग्मती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij