
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भुटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ । भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ ।
नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १/१ गोल गरे । जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अङ्क जोडेको छ । नेपाल दोस्रो स्थानमा उक्लिएको छ । अब नेपालले लिगको अन्तिम खेल पुस ४ गते भारतसँग खेल्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij