Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

सुरक्षा पत्रिका

'हराईरहेकी बालिका खोल्सामा भेटियो'

'हराईरहेकी बालिका खोल्सामा भेटियो'

बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान

  • काठमाडौं । पूर्वी मकवानपुरको  वाग्मती गाउँपालिका–७ को लामिटारको तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ ।  बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । 


    हाल प्रवक्ता रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ।  भने प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ । बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन् । उनलाई स्थानीय खोल्साको किनारमा रक्ताम्य अवस्थामा फेला पारिएको थियो । बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij