
Apr 10 2025 | २०८१, चैत २८ गते
हुम्ला । दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ ।
जिल्लामा सुत्केरी व्यथा लागेर घरमै थला पर्ने र ज्यानै जानसक्ने अवस्थाको अन्त्य भएको छ । विगतका वर्षमा दूरदराजमा रहेका महिलामा सुत्केरी व्यथा लागेको बेला आफ्नो व्यक्तिगत खर्चमा जिल्ला बाहिर जानुपर्ने अवस्था अब हटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij