Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको छ ।
आज बुधवार बसेको क्यानको बोर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
साथै मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्याकबाट सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।
यस्तै, क्यानले टिमको नयाँ कप्तानका रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij