Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रचण्डको रिस पोख्न अर्थमन्त्रीको दैलोमा लगानीकर्ताहरु 

प्रचण्डको रिस पोख्न अर्थमन्त्रीको दैलोमा लगानीकर्ताहरु 

  • काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले सेयर बजार प्रभावित भइरहेका बेला लगानीकर्ताका नेताहरूले माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरेका छन् । 

    images
    images
    images

    लगानीकर्ताहरूका संघसंस्था सहभागिता रहेको पुँजी बजार सुदृढीकरण वृहद कार्यदलका पदाधिकारीहरूले मन्त्री शर्मासँग भेटेर पुँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिलगायतका ५८ बुँदे सुधारका काम गर्न आग्रह गरेका छन् ।

    भेटमा अर्थमन्त्रीले पुँजी बजारको दिगो विकासका लागि आफू लागिरहेको बताउँदै लगानीकर्ताको माग पूरा गर्ने आश्वासन दिएको लगानीकर्ता अम्बिका पौडेलले जानकारी दिए । 

    आइतबार नेता दाहालले पुँजी बजारको विरोधमा अभिव्यक्ति दिएपछि दुई दिनमै बजार डेढ सयभन्दा बढी अंकले घटेको थियो । 
    मंगलबार भने सर्किट ब्रेक लाग्ने गरी बजार बढेको छ । साढे २ घण्टामै नेप्से सूचक १३७ अंकले बढेको छ । नेप्से ६ प्रतिशतले वृद्धि भएपनि साढे १ बजे नै मंगलबारको लागि कारोबार बन्द भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij