Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेपालमा एकैदिन ५ सय ८८ जनामा कोरोना संक्रमण, १ हजार ९७ जना निको

नेपालमा एकैदिन ५ सय ८८ जनामा कोरोना संक्रमण, १ हजार ९७ जना निको

  • ललितपुर। नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    मन्त्रालयका अनुसार आइतवार ९ हजार ४०० नमुना परीक्षण गर्दा थप ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    यो सँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । अब नेपालमा ८ हजार ३२० जना सक्रिय संक्रमित रहेका छन् । 

    यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९७ जनाले कोरोनालाई जितेका छन् । यससँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७८८ पुगेको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij