Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

 २२ पुसमा नेपाल पुनर्बिमा कम्पनीको साधारणसभा

 २२ पुसमा नेपाल पुनर्बिमा कम्पनीको साधारणसभा

  • काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले २२ पुसमा कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

    images
    images
    images

    सभामा हाल कायम चुक्ता पुँजीको १६ दशमलव ५० प्रतिशतका दरले बोनस सेयर र दुई दशमलव ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । यसका साथै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरूको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् ।

    images

    कम्पनीले साधारणसभा प्रयोजनका लागि १४ पुसमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, १३ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij