Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

बीमा समितिले ४७ करोडमा नयाँ भवन बनाउने

बीमा समितिले ४७ करोडमा नयाँ भवन बनाउने

  • काठमाडौँ। ललितपुरको कुपण्डोलमा बीमा समितिले ४७ करोड ३७ लाख रुपैयाँमा नयाँ भवन निर्माण गर्ने भएको छ । उक्त भवन अर्थमन्त्री जनार्दन शर्माले सोमवार शिलान्यास गरेका छन् । अर्थमन्त्री शर्मा र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले  संयुक्तरूपमा  भवन शिलान्यास सम्बन्धी शिलापत्रको अनावरण गरेका हुन् ।

    images
    images
    images

    अर्थमन्त्री शर्माले जनतालाई बीमा गर्न उत्साहितका लागी बीमा कम्पनीहरूको व्यवहार र क्रियाकलाप विश्वसनीय हुनुपर्ने औँल्याए । बीमाको दायरा बढाउने सरकारको लक्ष्य हासिल गर्न बीमा समिति र बीमा कम्पनीहरूलाई ठोस योजनासहित गम्भीर भएर लाग्न मन्त्री शर्माले निर्देशन दिएका छन् ।

    बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले चालू आर्थिक वर्षमा कुल जनसंख्याको ३३ प्रतिशतलाई बीमाको दायरामा ल्याउने सरकारको लक्ष्य हासिल गर्न तालिकाबद्ध रूपले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij