
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । आज साताको पहिलो कारोबार दिन नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ३०० रुपौयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार रुपौयाँ कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपौयाँ तोकिएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपौयाँले बढेर एक हजार १९० रुपौँयाँ तोकिएको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij