Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

  • काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा शुक्रबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार लक्ष्मी बैंकको आठ प्रतिशत बोनस, समता घरेलुको २० प्रतिशत बोनस र नारायणीको १०० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो।

    images
    images
    images

    नेप्सेले लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन गरेको हो भने नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन गरेको हो । लक्ष्मी बैंकको समायोजनपछि नेप्सेले २७० रुपैयाँ ३७ पैसा भाउ  निर्धारण गरेको छ ।  

    समता घरेलु लघुवित्तको बोनस सेयर समायोजन पछिको भाउ ११२५ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सेयरपछिको भाउ नेप्सेले ४७८ रुपैयाँ निर्धारण गरको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यी तीनवटै कम्पनीको सेयर कारोबार खुल्नेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij