Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । अर्थतन्त्रका सूचक नकारात्मक भई आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबी गरेका छन् । अर्थ समितिको बैठकमा बिहीबार उनले यस्तो दाबी गरेका हुन् ।
विगतका समस्याहरूले अर्थतन्त्रमा चूनौति आएको र अब विस्तारै ति समाधान हुँदै जाने उनले बताए । ‘अर्थतन्त्रमा आजकोआजै समस्या आएको होइन, यसअघिका नीति नियमका र समग्र ऐन कानुनले असर पारेको हो,’ उनले भने, ‘अब समस्याहरू बिस्तारै समाधान हुँदै छन्, लक्षित आर्थिक वृद्धि हासिल गर्न सकिन्छ ।’
अर्थमन्त्री शर्माले आयात ६४ प्रतिशतले बढ्दा निर्यात १०४ प्रतिशतले वृद्धि भएको र अब पुँजीगत खर्च गर्ने रफ्तार पनि बढ्दै जाने बताए । अर्थतन्त्र नबुझेको अर्थमन्त्री भन्ने आलोचकप्रति लक्षित गर्दै उनले ति व्यक्तिहरूबाट पनि अध्ययन गरिरहेको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij