Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४३ पैसा र बिक्री दर १२१ रुपैयाँ ३ पैसा कायम गरेको छ । 

    images
    images
    images

    युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ८७ पैसा र बिक्री दर १३६ रुपैयाँ ५५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४४ पैसा र बिक्री दर १६० रुपैयाँ २४ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९० पैसा र बिक्री दर ८६ रुपैयाँ ३३ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ८५ पैसा छ । 

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६१ पैसा र बिक्री दर १० रुपैयाँ ६६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९७ पैसा र बिक्री दर १९ रुपैयाँ ६ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । 

    यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ १० पैसा र बिक्री दर ३२ रुपैयाँ २६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ८ पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा छ ।          
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij