
Apr 23 2025 | २०८२, वैशाख १० गते
वीरगञ्ज । वीरगञ्जका सात वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् । खरिद गरेको बिल तथा बिजक नदेखाउने वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कारबाहीसहित जरिवाना गरेको हो ।
उनीहरुलाई पाँच हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ । बालाजी डिपार्टमेन्टल स्टोर, न्यू गेजेटस् जोन, रुचि सपिङ सेन्टर, कादमिया स्टोर, नेपाल म्युजिक सेन्टर, न्यू मेलोडी र राइट च्वाइस स्टोरलाई जरिवाना गराइएको हो ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कादमिया स्टोरलाई पाँच हजार र अन्य सम्पूर्ण व्यावसायिक फर्म प्रत्येकलाई १० हजार जरिवाना गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij