Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

भारतीय रक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

भारतीय रक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

  • भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सीरीज हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    images
    images
    images

    वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।

    घटनास्थलबाट तीन जनाको उद्धार गरेर अस्पताल लगिएको छ । केही शव जलेको अवस्था फेला परेको र अन्यको खोजी कार्य चलिरहेको छ । उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय खटिएका छन् । दुर्घटनामा परेका रक्षा प्रमुख रावतको अवस्था अज्ञात छ ।

    इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij