Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बेलायतमा एकैदिन सयभन्दा बढीमा 'ओमिक्रोन' संक्रमण

बेलायतमा एकैदिन सयभन्दा बढीमा 'ओमिक्रोन' संक्रमण

  • काठमाडौँ । बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ ।

    images
    images
    images

    त्यहाँको स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन् ।

    बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मङ्गलबार मन्त्रिपरिषदको बैठकमा जानकारी गराएका थिए ।

    साथै, प्रधानमन्त्री जोन्सनले योसमेत गरी बेलायतमा ओमिक्रोनका ४३७ जना सङ्क्रमित भेटिएका जानकारी पनि दिएका थिए । उनले बेलायतका स्वास्थ्य अधिकारीहरुले अनुसन्धानलाई जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यस अघिको डेल्टा भाइरसभन्दा निकै रफ्तारमा फैलिने खालको रहेको आफूलाई जानकारी गराएका थिए ।

    हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट बेलायतमा पनि केही दिनमात्र अघि देखिएको थियो ।

    प्रधानमन्त्री जोन्सनले देशव्यापी रुपमा नागरिकहरुलाई अघिल्लो डेल्टा भन्दा यो भाइरस निकै खतरनाक रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij