Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

ओमिक्रोन बढेसँगै भारतमा कोभिडको तेस्रो कहर सुरु

ओमिक्रोन बढेसँगै भारतमा कोभिडको तेस्रो कहर सुरु

  • भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको र यसका कारण आगामी वर्षको फेब्रुवरीसम्म तेस्रो लहर सुरु हुने विज्ञहरुले चेतावनी दिएका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिक महिन्द्र अग्रवालले आगामी फेब्रुवरीसम्म दैनिक कोभिड संक्रमितको संख्या एक लाख ५० हजार पुग्ने अनुमान गरेका छन् ।

    images
    images
    images

     भारत सामान्य अवस्थामा फर्किरहेका बेला ओमिक्रोन  बिरामी देखिनु ठूलो धक्का हो । समयमै पर्याप्त कदम चालिएन भने हामी तेस्रो लहरको जोखिममा पर्नेछौं ,अग्रवालले भने । 

    ओमिक्रोन  भेरयन्ट डेल्टाजस्तो खतरा नभएको पनि उनले बताए । ओमिक्रोनचाँडै सर्ने भए पनि जोखिम भने कम भएको उनको भनाइ छ । भारतमा २१ जनामा ओमिक्रोन  भेरियन्ट देखिएको छ ।  अहिलेसम्म नेपाल, अमेरिका, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्डसहित ४५ देशमा ओमिक्रोन देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij