Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

जातीय दङ्गामा परी ४८ जनाको मृत्यु 

जातीय दङ्गामा परी ४८ जनाको मृत्यु 

  • काठमाडौँ । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दङ्गामा परेर कम्तीमा पनि ४८ जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    सोमबार त्यहाँको एक गैरसरकारी संस्थालेसंस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको हो ।

    अधिकारीहरुले जनाएअनुसार उक्त क्षेत्रमा स्थानीय जातिबीच झडप भएको थियो । झडपका क्रममा हतियारधारी उनीहरुले आपसमा हमला गरेका थिए । दक्षिणी डारफोरको किरानीक भन्ने स्थानमा हतियारधारीहरुले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको र अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

    सो संस्थाकाअनुसार मृत्यु हुने व्यक्तिको संख्या अझै यकिन हुन सकेको छैन । अरु कैयौँको ज्यान गएको पनि आशंका गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij