Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

कुरिलो खेतीमा तीन महिनादेखि नै आम्दानी

कुरिलो खेतीमा तीन महिनादेखि नै आम्दानी

  • झापा । कनकाई नगरपालिका–६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थालेकी छन् । उनले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट तीन लाख ५० हजार आम्दानी भएको जानकारी दिइन् । उनले भने, कस्तो हुँदोरहेछ भनेर थोरै खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो । उनले यस वर्ष एक बिघा जमिनमा व्यावसायिकरूपमा कुरिलो खती विस्तार गर्ने गरी बेर्ना उमारिरहेही छन् । छ महिना जति प्लाष्टिकको थुँगामा उमारेर हुर्काएको विरुवा रोपेको तीन महिनादेखि नै आम्दानी हुने गरेको उनको अनुभव छ । गत वर्ष लोकल जातको (मेरी वासिङ्टन) कुरिलोको बेर्ना लगाएकी उनले यस वर्ष हाइब्रिड जातको कुरिलोको बर्ना हुर्काइरहेकी छन् । उनले १० ग्राम हाइब्रिड जातको कुरिलोको बीउको मूल्य रु चार हजार पर्ने बताए। कृषिमा श्रीमान् दधिराम न्यौपानेको दरिलो साथ पाएकी उनले गत वर्ष प्रतिकेजी तीन सयदेखि एक हजार २०० होलसेलमा कुरिलोको टुसा बिक्री गरेको बताइन्।

    onlinepatrika
    Arghakhachi

    कोरोनाका कारण व्यापार व्यवसाय बन्द भएपछि दमक नगरपालिका–३ मा दुई जना युवा मिलेर कुरिलो खेती सुरु गरे । उनीहरूले एग्रो फर्म प्रालि कम्पनी नै दर्ता गरेर व्यावसायिकरूपमा १० कट्ठामा कुरिलो खेती लगाएका हुन् । नारायण योङहाङ, याम भण्डारीको संयुक्त लगानीमा सुरु गरेको फार्मले बर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरु गरेको थियो । उनीहरूले कोभिड–१९ को सङ्क्रमण फैलिइरहेको बेला प्रतिकेजी एक हजार ४०० ले बिक्री गरेको बताए ।

    AGNI GROUP


    फार्मका सञ्चालक योङहाङले सुरुमा दैनिक पाँच केजी देखि १० केजी मात्र टुँसा उत्पादन हुने गरेको कुरिलाले हाल दैनिक ५० केजी उत्पादन दिन थालेको बताए । कुरिलोको सब्जी या सुपमा इम्युनिष्टी पावर बढी हुँदोरहेछ, उनले भने, विगतमा कोरोनाका सङ्क्रमितले मगाउनुहुन्थ्यो हामीले घर–घरमै पुर्‍याइदियौँ । हाल यसको बजार मूल्य प्रतिकेजी ५०० रहेको उनले बताए। उनले अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभई पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत अग्र्यानिक हुने दाबी गरे। कुरिलोको माग जिल्लामै बढिरहेको हुँदा बजारको समेत समस्या नरहेको उनको भनाइ छ । विगत २५ वर्षदेखि दमकमा बबिन कृषि भण्डार सञ्चालन गर्दै आएका वसन्त न्यौपानेले दुई वर्ष यता मात्र कुरिलोको विजन राम्रोसँग बिक्री हुन थालेको बताए । उनले कोरोना कालमा मान्छेले कुरिलोको महत्व बुझेपछि मात्र जिल्लामा यसको खेती हुने गरेको बताए। 

    ुविगतमा दुई चार प्याकेट विजन राख्थे कसैले खोज्दैनथेु, उनले भने, ुकोभिड–१९ का सङ्क्रमितले जब यसको टुसा खोज्न थाले अनि मात्र किसान विजन खोज्दै आउन थाले ।  कुरिलोको विजनको मूल्य प्रति केजी दुई लाख ५० हजार पर्ने उनले बताए । उनले गतवर्ष काठमाडौँबाट दुई केजी र यस वर्ष तीन केजी कुरिलोको विजन ल्याएर बेचेको बताए । उनका अनुसार झापामा यसको व्यावसायिक खेती गर्ने किसान १५ देखि २० जना छन् ।

    कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले कुरिलोलाई एक औषधिजन्य वनस्पति रुपमा लिइने बताए । उनले यो दोमट, बलौटे र पारिलो घाम लाग्ने माटोमा हुने हुँदा झापा कुरिलो खेतीका लागि उर्वरभूमि रहेको बताए । जिल्लामा विगतमा फाटफुट्ट मात्र यसको खेती हुने गरे पनि हाल व्यवसायिक रुपमा खेती सुरु हुन थालेको उनले जानकारी दिए । कुरिलो बुहर्षीय बाली हो, उनले भने, “एकपटक  लगाएपछि राम्रो रेखदेख भएमा यसबाट पाँच वर्षदेखि सात वर्षसम्म उत्पादन लिन सकिन्छ ।

    कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकाले बिरामी तथा कमजोर व्यक्तिलाई खान दिने धेरै पुरानो प्रचलन हो । विगतमा जङ्गलमा उम्रिएको कुरिलो खोजेर खाने चलन  भए पनि यसको व्यावसायिक खेती भने भर्खरै हुन थालेको मेचीनगर–१३ का ७५ वर्षीय हर्क इधिङ्गोको भनाइ छ । रासस

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij